चितवन – गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोटे रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रका अनुसार नजिकैको जङ्गलमा भैँसी चराउन गएका वोटे लाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
मिश्रका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
