काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशले बुधबार लामिछानेबाट ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
लामिछानेले बुझाउनु पर्ने ६० लाख रुपैयाँको धरौटी रकमका लागि प्रभु बैंक ग्यारेन्टी बसेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
