काश्मिर, ११ माघ । जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यपूर्ण मृत्यु भएको छ ।
‘रहस्यमय रोग’ बाट मृत्यु हुनेहरूमा अधिकांश बालबालिका रहे पछि अनुसन्धान सुरू गरिएको छ ।
गत ७ डिसेम्बरदेखि जम्मूको राजौरी जिल्लाको दुर्गम गाउँ बधलमा १२ बालबालिकासहितको मृत्यु भएको थियो ।
पीडित परिवारले बिरामी सुरुमा खाद्य विषाक्तता जस्तै लक्षणहरू देखिने र अचानक होश गुमाउने अनि त्यसपछि मृत्यु हुने गरेको जनाएका छन । जसका कारण सो गाउँलाई ‘कन्टेनमेन्ट जोन’ घोषणा गरेर अनुसन्धान सुरू गरेका छन । ताकी, यो रोगका संक्रामक नफैलियोस भन्ने उदेश्य राखिएको छ ।
सो घोषणा पछि महामारीको डर नरहेको स्थानिय स्वास्थ्य अधिकारीले बताएका छन् ।
स्थानीय अस्पतालका प्रमुख डा. एएस भाटियाले भर्ना गरिएका चार बालबालिकासहित पहिलो ५ बिरामीमा वान्ता र झाडा पखालालगायतका खानामा विषाक्तताका लक्षण देखिएको बताए । त्यसपछि घाँटी दुख्ने र सास फेर्न समस्या भएको स्थानियले स्वास्थ्यकर्मीलाइ जानकारी गराएका छन ।
संघीय सरकारले छानबिन गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले गठन गरेको विशेष अनुसन्धान टोलीमा प्रहरी अधिकृत, रोगविज्ञ र अन्य विज्ञ सम्मिलित टोलीले हालसम्म दर्जनौं व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
