काठमाडौं, ११ माघ । अबैध लागुऔषधसहित १ जना पक्राउ परेका छन ।
नेपाल प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ ठमेल क्षेत्रपाटीस्थित ह्यान्डीक्राफ्ट पसलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम, गाँजा १ किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाइट्राभेट ९ ट्याब्लेट, मेथाडोन २ सय ८० ट्याब्लेट र नगद ७४ हजार रूपैयाँसहित पक्राउ गरिएको हो ।
पसलका संचालक सोही महानगरपालिका–२१ भोटेवाहाल घर भएका ५८ वर्षीय शुद्द शरण रन्जितकारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।