काठमाडौं, २५ माघ । अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ ।साथै, ७ विकेटले नेपाललाइ हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २०२५ को उपाधि जितेको छ ।
त्रिपल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा नेदरल्यान्ड्सलाई २ अंकले पछि पादै थाइल्यान्ड च्याम्पियन बनेको हो । नेपालविरुद्ध क्लिन स्विप गरेको थाइल्यान्डले ६ खेलमा १० अंक जोड्न सफल भयो । नेपाल भने जितविहीन रहँदै शृंखलाको अन्त्य गर्न बिबश भएको छ ।
शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८३ रनको झिनो लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो ।
थाइल्यान्डको जितमा कप्तान नरुएमोल चाइवाइले ३४ बलमा दुई चौकासहित सर्वाधिक २७ रन बनाइन् भने नन्नापाट कान्चोरोएनकाईले २३ रन जोड्दा ओपनर नटया बूचाथमले ११ रनको योगदान गरेकी थिइन् ।
नेपालका लागि कप्तान इन्दु वर्माले दुई तथा पूजा महतोले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै ८१ रनको योगफल मात्रै खडा गरेको थियो ।
नेपालले भने कुनै पनि खेल नजिति पराजय हुन पुगेकाे छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
![khabarsite banner](https://khabarsite.com/wp-content/uploads/Khabarsite-small-banner.jpg)