काठमाडौं, २८ माघ २०८१ । राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
वि.सं. १९९० सालमा जन्मिएकी नानीमैयाको ९१ वर्षको उमेरमा निधन भएको हो । ०३८ सालको राष्ट्रिय पञ्चायतमा प्रचण्ड बहुमतसहित प्रवेश गरेर नानीमैया देशभर चर्चित भएकी थिइन् । त्यसबेला उनले ६५ हजार ७७७ मत पाएकी थिइन् । उनी पछि दोस्रो मत पाएर निर्वाचित भएका जोगमेयर श्रेष्ठले भने ३० हजारभन्दा कम मत पाएका थिए ।
०२९ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च भएर काम गरेकी उनले नुन र तेलका लागि लाइन बस्नुपर्ने अभ्यास अन्त्य गरेको तथा भूमि सुधारमा रहेको जटिलता फुकाउन काम गरेकी थिइन् । सानै उमेरमा विवाह भएर छुटेकी नानीमैयाले त्यसपछि भने एकल जीवन बताइन् । घरमा बहिनी–ज्वाइँलाई ल्याएर राखेकी उनले बहिनीका सन्तानलाई नै आफ्ना सन्तान मानेकी थिइन् । उनकी बहिनीका छोराको समेत निधन भइसकेकाले नातिले काजकिरिया गर्ने अर्यालले जानकारी दिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
![khabarsite banner](https://khabarsite.com/wp-content/uploads/Khabarsite-small-banner.jpg)