काठमाण्डौं २ फागुन २०८१ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले मुद्दाको सुनुवाइ गर्दै ललिता निवास जग्गाको नीतिगत निर्णय गर्ने प्रधानमन्त्रीद्वयलाई छानविनको दायरामा ल्याउनुपर्ने हो वा होईन निर्णयका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लाने दुषित निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वयमाथि छानविन गर्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । ५ वर्षपछि सुनुवाइ भएको सो मुद्दामा पूर्ण इजलासमा पठाउने आदेश भएको छ । अधिवक्ता नेउपानेले पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई अख्तियारलेसमेत उन्मुक्ति दिएको भन्दै मुद्दा चलाउनुपर्ने आदेशको माग गरेका थिए ।
सर्वोच्चको सो आदेशसँग अब तीन जना न्यायाधिश संलग्न बेन्चबाट सो मुद्दाको सुनुवाइ हुनेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
