काठमाडौं , १४ फागुन २०८१ । धादिङ र स्याङ्जामा भएको छुट्टाछुट्टै दुर्घटनामा परि तीन जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ मा रहेको गुप्तेश्वर मन्दिर नजिकै मंगलबार मध्यरातमा भएको दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । चालक सहित ३ जना घाईते भएका छन् ।
शिवरात्रीको मेलामा जाने दर्शनार्थीहरुलाई खानेपानीको प्रवन्ध मिलाउन खानेपानी भरिएको ट्याङकी लिएर गएको बा प्र-०१-००४क ३३५२ नम्बरको गुप्तेश्वर मन्दिर नजिकै भिरमा पल्टिएर सो दुर्घटना भएको हो ।राति करिब साढे ११ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ भने चालक सहित ३ जना घाईते छन् । घाईतेलाई रातीनै उद्धार गरी धादिङबेंसीस्थित धादिङ अस्पतालमा उपचारका लागि पठाईएको थियो भने अहिले थप उपचारका लागि काठमाडौं पठाइएको छ ।दुर्घटनामा गुजुरी-६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
यसै गरी स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।
उनको उपचारको क्रममा नगर अस्पताल गल्याङमा बुधबार बिहान २:५० मा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
बिहान राति करिब सवा १ बजे गल्याङ नगरपालिका-११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको लु३ख ३३२४ नम्बरको पिकअप सडकबाट करिब सय मिटर तल खसेको थियो।
पिकअपमा सवार सहचालक पाल्पा रम्भा गाउँपालिका-३ कै राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताए।
पिकअपमा चार जना सवार रहेकोमा अन्य सकुशल छन्।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
