काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले सरकार नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरु मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताउनुभयो । उहाँले नागरिकले सरकारकै सुनिशिचतता छैन कसरी देश विकास गर्छौ रु भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैकुरा व्यक्त गर्ने अधिकार रहेको भएपनि अधिकारको मात्रे कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपु¥याउने बताउनुभयो । राजनीतिक स्थायित्व भएमात्रै देशको अर्थतन्त्र सुदृढ पार्नेसहितका विकासका कामहरु अघि बढ्नसक्ने बताउनुभयो । जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको जिकिर गर्नुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
