काठमाडौँ । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ।
टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो ।
पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बतइएको छ ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने काम भइरहेको जानकारी दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
