काठमाडौँ । काठमाडौँको प्रमुख कलेज त्रिचन्द्र कलेजको स्वतन्त्र बिधार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल बिधार्थी संघबाट तीन जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा श्रीधर श्रेष्ठ र गोविन्द कोइरालाले आधिकारिक उम्मेदवार दाबि गर्दै उम्मेदवारी दर्ता गरेका छन् भने सागर न्यौपानेले स्वतन्त्र उम्मेदारी दर्ता गरेका छन् ।
श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।
श्रेष्ठले आफुलाई आधिकारिक उम्मेदारी बताएका छन् । आफुलाई आधिकारिक उम्मेदवार बनाएपछि श्रेष्ठले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र परिवर्तन ल्याउने बताएका छन् । साथै उनले क्याम्पसको भौतिक पूर्वाधार सुधार, पुस्तकालय स्तरोन्नति, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, स्वच्छ अध्ययन वातावरण निर्माण र प्रशासनिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभापति पदका लागि श्रेष्ठसहित अन्य विद्यार्थी संगठनबाट कुल ९ जनाको उम्मेदवारी परेको छ । त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध अन्य सात विद्यार्थी संगठनहरूबीच चुनावी तालमेल गरिएको छ । तालमेल गरेका सात विद्यार्थी संगठनले अनेरास्ववियुका प्रमित विष्टलाई समर्थन गरेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
