अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताउनुभएको छ । युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गर्नुभएको हो ।
ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ । उहाँले यसै महिनाको शुरूवातमा घोषण गर्नुभएको स्टील तथा आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपियन युनियनले जवाफी करको घोषणा गरेको थियो । यसैको विरुद्धमा अमेरिकाले जवाफी कर नीतिको घोषणा गरेको हो ।
क्यानाडाले पनि कुनै पनि अमेरिकी सामान आयातमा जवाफी कारबाही स्वरुप २० बिलियन अमेरिकी डलरको सामानमा दोहोरो अङ्कको कर लगाउने भनेको छ ।
बेलायती प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको आयातकरको अडानलाई व्यापार युद्ध भन्दै आफूहरु त्यसको विकल्प खोजिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।
आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको ट्रम्पका भन्सार शुल्क वृद्धि नीतिले रोजगारी प्रवर्द्धन गर्ने विश्वास लिइएको छ तर आलोचकहरुले यसले महँगी बढ्ने र अमेरिकी उपभोक्तासमेतलाई असर पर्ने टिप्पणी गरिरहेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
