काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ ।
प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम तथा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने उनले जानकारी दिएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
