काठमाडौँ । ट्रकमा ओसार्दै गरिएको करिब २५ करोड बराबरको विदेशी मुद्रासहित ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का ४३ वर्षीय कुसान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार बिहान पक्राउ परेका लामा र रकम प्रहरीले सार्वजजिनक गरेको हाे । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियाे।
लामा चालक भइ भरियाको रुपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । यद्यपि कसको भरिया भन्ने खुलिसकेको छैन ।
पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन पठाइएको छ । प्रहरीका अनुसार लामा यसअघि राजश्व छली र सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष कैद भुक्तानी गरेर छुटेका थिए।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
