काठमाडौं । नेपाली समाजमा विद्यमान विभिन्न खाले समस्याहरुलाई समेटेर प्रशारण भईरहेको यर्थाथमा आधारित ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश गरेको छ ।
फ्रिडम इन्टरटेनमेण्ट युट्युब च्यानलबाट हरेक हप्ताको शुक्रवार साँझ ७.३० वजे प्रशारण हुँदै आएको टेलिसिरियलमा मध्यम वर्गिय नेपाली समाजले भोगिरहेका समसामयिक घटनामा आधारित सवालहरु समेटिने गरेका छन् ।
सिरियलमा नयाँ तथा पुराना कलाकारको अभिनय सशक्त रुपमा देख्न पाईन्छ ।सविन बाँस्तोला, मिना जिसी, सुदिप खतिवडा, मुस्कान लामा,पवन भुजेल, सन्ध्या खड्का,राकेश रानापाल, भगबान भण्डारी, आदित्य कार्की, नवराज सापकोटा, हिरा थिङ,श्यामकृष्ण बलामी, डिबी मोक्तान र सुशान्त थिङ लगायत कलाकारहरूलाई सिरियलमा देख्न पाइनेछ ।
सेन्टिमेन्टल सिरियलको रुपमा आएको ‘ प्रेम कथा’ले एक पछि अर्को भागमा लोकप्रियता बढाउँदै लगेको छ । सिरियलमा कथा अब्बल भएकै कारण कलाकारहरुको अभिनय पनि शशक्त बन्न गएकाले दर्शकहरुको मन जित्न सफल भएको हो । सिरियलमा पवन भुजेलको निर्देशन, पवन भुजेल र सुदिप खतिवडाको लेखन, सरु भुजेल र पवन भुजेलको सम्पादन रहेको छ भने छाँयाकन अनिल जि.सी. र मेकअप राकेश रानापालले गरेका छन् ।
सिरियलको सुटिङ मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ खड्बुमा हुने गरेको छ ।
टेलिसिरियलकाे केहि अंश
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
