काठमाण्डाै – काठमाण्डौको तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएकाे जानकारी दिनुभयो ।
राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका छन् ।
तीनकुनेमा हुने भनिएको सभा शुरू नहुँदै राजावादीहरूले प्रहरीको घेरा तोडेपछि स्थिति तनावग्रस्त भएको हो । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं आफैँ गाडी चलाएर प्रहरीको सुरक्षा घेरा तोड्दै अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसपछि उत्तेजित भएका प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएका हुन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
