काठमाडौं, १६ चैत । तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो माग गरेको हो ।
तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार दिउँसो देखी साँझसम्म अराजक र हिंस्रक घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
