काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै आठ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।
महानगरपालिकाले चैत १५ (शुक्रबार) तीनकुनेमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्यायको भन्दै ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
महानगरले पूर्वराजाको नाम उल्लेख गरेर आठवटा छुट्टाछुट्टै पत्र काटेर फरकफरक शिर्षकमा जरिवाना रकम तोकिएको छ । महाननगरले कोटेश्वर, जडिबुटी, तीनकुने, बालकुमारी, महादेवस्थान र सिनामंगल क्षेत्रमा सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
त्यसैगरी आगो निभाउन प्रयोग भएको न्युरोड वारुण यन्त्रको दमकलमा ढुंगामुढा गरेर तोडफोड गरेको भन्दै एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ । यस्तै राजावादीले कार्यक्रम आयोजना गरेको तीनकुने क्षेत्रका रुख, विरुवा र रेलिङ भाँचेवापत ४० हजार र तीनकुनेकै आइल्यान्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
