काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि आज सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको सर्वोच्च प्रशासनले जनाएको छ ।
घिसिङ र शाक्यको रिटमा अस्ति आइतवार पनि पेशी तोकिएकाेमा हेर्न नमिल्नेमा परेको थियो । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा कार्यकारी निर्देशक शाक्य र निवर्तमान कार्यकारी निर्देशक घिसिङको रिट गएको बिहीवार दर्ता भएको हो ।
घिसिङले मन्त्रिपरिषद्ले आफूलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गर्नुभएको छ । शाक्यले भने यसअघि आफूलाई गैरकानूनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गर्नुभएको छ ।
चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
