काठमाडौँ । राप्रपाका दिवंगत नेता दिपक बोहोराको अन्त्येष्टि आज गरिदै छ ।
मंलगबार ७४ बर्षको उमेरमा ओम अस्पतालमा उपचारको क्रममा बोहोराको मृत्यु भएको थियो ।
रुपन्देही-३ बाट प्रत्यक्ष सांसद रहेका बोहोरा पछिल्ला केहि बर्ष बोल्न नसक्ने अवस्थामा थिए ।
बोहोराको पार्थिव शरिरलाई मंगलबार हेलिकप्टरबाट गृहनगर भैरहवा लगिएको थियो भने मंगलबार साँझ नै उनको पार्थिव शरीर काठमाडौँ ल्याइएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बोहोराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने छ र आजै बोहोराको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनले जानकारी दिएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
