काठमाडौं, २२ चैत । अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।यसरी पक्राउ पर्नेमा रूपन्देही, ओमसतिया गाउँपालिका–२ ठुटिपिलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम ५ सय ८० मिलिग्राम सहित एक भारतीय प्रकाउ परेका हुन् ।
भारत महाराजगंज निचलौल ठुटिबारी बस्ने ४० वर्षीय सलिम मंसुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता, जुम्ला, चन्दननाथ नगरपालिका–६ बस्ने २२ वर्षीय रबिन्द्र रोकायालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
