काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ। यसअघि जिल्ला अदालतले एक करोड धरौटीमा छाड्ने आदेश गरेको थियो।
सुप्रिम सहकारी ठगीको मुद्दामा जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
त्यस्तै, छविलाल जोशीको हकमा जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश भएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
