चैत्र २३ , हिमपहिरोमा परेर हराइरहेका चिनियाँ नागरिकको शव १२ दिनपछि फेला परेको छ । गत चैत ११ गते अन्दाजी १२ं३० बजे जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्रुङमा हिमपहिरो आएको थियो ।
हिमपहिरोपछि अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय ई चेङ युवान सम्पर्कविहीन बनेका थिए । तत्काल स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा उनलाई फेला पार्न सकिएको थियो । त्यसपछि कालिका गणबाट चैत १६ गते सहायक प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजी कार्यको लागि उक्त इलाका तर्फ खटिएको थियो ।
टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दा शनिबार अन्नपूर्ण गाउँपालिका(११ देउराली चुम्रुङ्गस्थित मादि नदी किनारबाट २० मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा शव फेला पारेको थियो । उक्त शवलाई ११ः २० बजे घटनास्थलबाट बाहिर निकालेको गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
