बुटवल । अर्घाखाँचीको मालरानी गाउँपालिका-४ खनदहमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सवारी जीप अनियन्त्रित भई बाटोदेखि झन्डै २५० मिटर तल खस्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा चालक मालारानी-४ का २२ वर्षीय दिलिप खनाल र मालारानी–४ कै २१ वर्षीय बालकृष्ण रिजाल रहेको प्रहरीले जनाएको छ । गाडीमा रहेका अन्य दुई जना घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
