काठमाण्डौं, २६ चैत । राजावादी समूहले चैत १५ गते काठमाण्डौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा हिंसात्मक तथा अराजक गतिविधि गरेको आरोपमा पत्रकार अनिता कुँबर ( ऐनी) सहित अन्य जिल्लाका समेत गरी ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आपाराधिक उपद्रव तथा संगठित अपराध कसुर अन्तर्गत प्रहरीले सर्लाहीको कविलासी ६ घर भई टिकाथली ललितपुर बस्ने अमित शाह,सुनसरी धरान घर भई काठमाण्डौं बस्ने सुमन कार्की, बर्दियाको बारबर्दिया २ जोहीगाउँका हेमराज थारु,धादिङको सिद्धलेक ४ का दिवस वोगटी, काभ्रे नमोबुद्ध ४ की अनिता कुँबर (ऐनी) र सिन्धुपाल्चोक बाह्रविशे ९ का कुमार तामाङलाई काठमाण्डौंको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डोंले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
