काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरका ४५ बर्षिय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकका ३० बर्षिय जित बहादुर श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनीहरु चैत्र १५ गते तीनकुने क्षेत्रमा तोडफोड, आगजनी गरी गराई अपराधिक प्रवेश गरी घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट दिन २० दिनको मिलान म्याद थप अनुमति प्राप्त गरि अनुसन्धान गरिरहेको जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
