सिन्धुली । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।
मेयर दुनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विहिबार जाहेरी दर्ता भएको हो ।
दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी ती बालिकालाई मेयर अधिकारी दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालिकाले गत फागुनमा एक शिशु जन्माइ सकेकिछन् । शिशु जन्मिएपछि मेयरले करणी गरेको घट्ना बाहिरिएको हो ।
बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । प्रहरीका अनुसार मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको छ । दनुवार २०७९ को स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
