काठमाडौँ । राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । जारी आइपिएल अन्तर्गत राजस्थान रोयल्सले गुजरातलाई ८ विकेटले पराजित गरेको हो ।
गुजरातले दिएको २१० रनको लक्ष्य पछाएको राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानको जितमा १४ बर्षिय वैभव सुर्यवंशीले शतकीय पारी खेलेका थिए । ३४ बलमा आफ्नो शतक पुरा गरेका वैभवले १०१ रन बनाएर आउट भएका थिए ।
त्यसैगरी यशस्वी जैसवालले ७० रन बनाएका थिए भने कप्तान रियान परागले ३२ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २०९ रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले सर्बाधिक ८४ रन बनाएका थिए भने जोस बटलरले ५० र साइ सुदर्शनले ३९ रन बनाएका थिए ।
यो राजस्थानको यस सिजनमा तेस्रो जित हो । १० खेलमा ३ जित र ७ हार बेहोरेको राजस्थान ६ अंकसहित आठौ स्थानमा रहेको छ । त्यसैगरी गुजरातको भने ९ खेलमा १२ अंक रहेको छ र तेस्रो स्थानमा झरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
