काठमाडौं, १७ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।
सो अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरिएको हो । जसअनुसार पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।
पक्राउ मध्ये उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका–६ बाट र सुजनलाई काठमाडौं महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
