काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत रियल भल्लाडोलिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल भल्लाडोलिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा राफिन्हा र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए । त्यस्तै रियल भल्लाडोलिडका लागि इभान सान्चेजले एक गोल गरेका थिए ।
त्यस्तै बार्सिलोनाको यो जितपछि ३४ खेलमा ७९ अंक रहेको भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै रियल भल्लाडोलिडको भने ३४ खेलमा १६ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
