काठमाडौं, २६ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धाी प्रकाश तिमल्सिनालाइ पराजित गर्दै अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित अधिकारीले ४५ मत ल्याउँदै तिमल्सिनाले ३५ मतमा सिमित भए ।
प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार निर्विरोध निर्वाचित भए पनि महासचिवमा राजु घिसिङलाई पराजित गर्दै अञ्जन खड्का निर्वाचित भएका छन् । खड्काले ५१ मत प्राप्त गर्दा महासचिवका उम्मेदवार घिसिङले २९ मतमा सिमित भए ।
यस्तै, सचिव पदमा अनिल मल्ल ठकुरी र कोषाध्यक्षमा मुना कार्की निर्विरोध निर्वाचित भएकी छिन् भने सदस्यहरूमा अभिनव जोशी, कविरस शर्मा, रमेश सुवेदी र नमिता दाहाल निर्वाचित भएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
