धादिङ, ३ जेठ २०८२ । शुक्रवार बेलुकी पख आएको हावाहुरीले धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ खनालटारमा एक बृद्धको घरको छाना उडाएको छ ।
शुक्रवार बेलुकी ५ वजे तिर एक्कासी हावाहुरी चल्नुका साथै असिना पानी परेका थियो । हावाहुरीले स्थानीय ७६ वर्षिय रबलाल भट्ट (ढोलालीभट्ट )को घरको छाना उडाएर क्षती पु¥याएको हो । श्रीमती धेरै वर्ष पहिला नै बितेको र हाल छोराछोरी पनि साथमा नभएकोले भट्ट एक्लै बस्दै आईरहेको घरको छानो उडाएपछि उहाँको बिचल्ली भएको स्थानीय रामहरी खनालले सामाजिक सञ्जालमा लेख्नुभएको छ । आर्थिक र शारीरिक रुपमा समेत अत्यन्त कमजोर अवस्थामा रहनुभएका भट्टलाई प्राकृतिक बिपत्ति समेत परेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
