काठमाडौं, ५ जेठ । काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय बस्नेत रहेका छन्। उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।
उनको साथबाट २० लाख २९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको उनले बताए।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने भएकाले बरामद गरी अनुसन्धान थालिएको बोहरा बताउँछन्। बस्नेत काठमाडौं-३२ पेप्सीकोला बस्दै आएका थिए।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
