धादिङ,५ जेठ २०८२ । बिद्यालय जाँदै गर्दा सोमबार विहान ९ वजे तिर पहिचान नखुलेको सवारी साधनले ठक्कर दिंदा गम्भिर घाईते भएकी धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ८ की सात बर्षिया दिपिका विकलाई थप उपचारका लागि काठमाण्डौ पठाईएको छ ।
ससाहको देउराली माध्यमिक बिद्यालयमा कक्षा २ मा पढ्दै गरेको सात बर्षिया दिपिका विकलाई सोमबार विहान सडक पार गर्ने क्रममा सवारी साधनले ठक्कर दिंदा उनी गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईते अबस्थामा भेटिएकी दिपिकालाई तत्काल उद्धार गरी सदरमुकामको धादिङ अस्पताल पु¥याईएकोमा त्यहाँ प्रारम्भिक उपचार पछि थप उपचारका लागि धादिङ अस्पतालका डाक्टर सहितको टोली राखेर काठमाण्डौंको महाराजगन्ज स्थित शिक्षण अस्पताल पठाईएको अस्पतालले जनाएको छ ।
बालिकालाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेकोले खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
