विराटनगर-कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटनामा परेको छ। झापाबाट विराटनगरतर्फ जाँदै गरेको कानेपोखरी नजिकै गाडी दुर्घटना भएको हो।
अल्फाबेट बीएइ १४०६ नम्बरको सांसदहरू चढेको गाडीलाई विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको राताे कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हाे। गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
दुर्घटनामा केही सांसदहरू सामान्य घाइते भएका छन्। कोशी प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममा सहभागी हुन सांसदहरू प्रदेशसभातर्फ आउने क्रममा गाडी दुर्घटना भएको जानकारी आएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिदुर लिङथेपले जानकारी दिनुभयो।
दुर्घटनामा परेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सांसदहरूलाई प्रदेशसभातर्फ ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
