काठमाडौँ- नागढुंगा-नौबिसे भएर राजधानी काठमाण्डौंबाट बाहिरी जिल्ला तर्फ जाँदै हुनुहुन्छ भने या काठमाण्डौं प्रवेश गर्दै हुनुहुन्छ भने विहान १० वजे अघिनै नागढुंगा कटिसक्नुहोला ।नागढुंगा-नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ। जेठ १० गते शनिबारबाट २५ गतेसम्म बिहानको १०: ३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ।
नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ।
सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे गल्छी सडक प्रयोग गर्न आयोजना अनुरोधसमेत गरेको छ।
काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ।
मालवाहक सवारी साधन,भारतबाट तिर्थयात्रस् लिएर आएका ठूलाबसहरु भने बैकल्पिक मार्गबाट जान नसक्ने भएपछि दिनभर सडकमै रोकिन बाध्य भएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।














