काठमाडौँ । पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गर्दै अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ ।
गएराती सम्पन्न आइपिएल अन्तर्गतको खेलमा पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।मुम्बईले दिएको १८५ रनको लक्ष्य पछाएको पञ्जावले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
पञ्जावको जितमा जोश इंगलिसले ७३ रन बनाए भने प्रियांस आर्याले ६२ रन बनाएका थिए । त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित २६ रन बनाए ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्बाधिक ५७ रन बनाएका थिए । त्यस्तै रयान रिकेलटनले २७, हार्दिक पाण्डेयले २६, रोहित शर्माले २४ रन बनाएका थिए ।
त्यसैगरी पञ्जावका बलर अर्शदीप सिंह, मार्को जानसेन र विजय कुमार वैश्यकले २-२ विकेट लिएका थिए भने हरप्रित ब्रारले एक विकेट लिएका थिए ।यो जितपछि पञ्जाव किंग्सको १४ खेलमा १९ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । योसँगै पञ्जाव शिर्ष दुईमा रहेर प्लेअफ खेल्ने निश्चित भएको छ ।त्यस्तै मुम्बई इण्डियन्सको यो हारपछि शिर्ष दुईमा पुग्ने सम्भावना समाप्त भएको छ ।
मुम्बईको १४ खेलमा १६ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।अब लिग चरणको अन्तिम खेल आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुने छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




