काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पौडेलले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै दिवा खाजा कार्यक्रमबाट २८ लाख विद्यार्थी लाभान्वित हुने जानकारी दिए ।





