काठमाडौँ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयले विदेशी विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत पाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने हार्वर्डको योग्यता समाप्त गर्ने निर्णय गरेका थिए, जसलाई संघीय अदालतले रोक लगाएको छ ।यस मुद्दामा बिहीबार सुनुवाइ भएको थियो, जसमा अदालतले आफ्नो फैसला सुनाउँदै विश्वविद्यालयले तत्कालका लागि विद्यार्थीहरू भर्ना गर्न जारी राख्न सक्ने बताएको थियो ।
हार्वर्डले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न अनुमति नदिएमा यसले विश्वविद्यालयका लगभग २५ प्रतिशत विद्यार्थीहरूलाई असर गर्ने बताएको थियो ।विश्वविद्यालयका वकिलहरूले अदालतलाई यो निर्णय अचानक र कुनै कानुनी प्रक्रिया बिना नै गरिएको र नियम अनुसार विभागले कारण दिनु र ३० दिनको समय दिनु आवश्यक रहेको जिकिर गरेका थिए ।
ट्रम्प प्रशासनले हार्वर्डलाई क्याम्पसमा यहूदी विरोधी भावनालाई बढावा दिने र चीनको कम्युनिष्ट पार्टीसँग सहकार्य गर्ने आरोप लगाएको थियो ।विश्वविद्यालयले विद्यार्थीहरूको विचारधारालाई उक्साउने वातावरण सिर्जना गरेको पनि आरोप लगाउदै विदेशी विद्यार्थीको भिसा प्रक्रियानै तत्कालका लागि रोक लगाउने निर्णय गरेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
