काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ ।
न्यायाधीश थारु र महर्जनविरुद्ध युवराज सफलले शुक्रबार न्यायपरिषदमा उजुरी पेश गरेका हुन् ।
युवराज सफलले आलमलाई सफाइ दिने उच्च अदालत न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी पेश गरि दर्ताको लागि सनाखत समेत गरेको जानकारी दिएका छन् । उनले न्याय परिषद्ले यस विषयवस्तु उपर अनुसन्धान एवम् छानबिन गरि आवश्यक कारबाही गर्ने विश्वास व्यक्त गरेका छन् ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार आलमविरुद्ध प्रमाण नपुगेको भन्दै जिल्ला अदालत रौतहटको आदेश उल्टाएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
