सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-५ नवलपुर चोकस्थित संकल्प होटल एण्ड भोजनालयको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही नगरपालिका-६ बस्ने ४० वर्षीय राकेश बस्नेत समेत ५ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
