काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध फेनारगन ५२ एम्पुल, नोर्फिन ५२ एम्पुल, डाईजेपाम ३४ एम्पुल र नगद ११ हजार रूपैयाँ सहित सोही नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका २५ वर्षीय मिङ्मा बम्जनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो ९ सय ग्राम सहित दोलखा वैतेश्वर गाउँपालिका-६ बस्ने २६ वर्षीय दिपक दाहाललाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको बागमती बिएसी ८७३९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको ७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक दिपकलाई पक्राउ गरेको हो ।
यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब ४० किलो ४ सय २० ग्राम सहित सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रंगलाल स्याङतानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले माईस्थानबाट गौशालातर्फ जाँदै गरेको बा.०१-०३० च ७८०५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक रंगलाललाई पक्राउ गरेको हो ।
;मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजु दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने १९ वर्षीय सरोज पौडेल र १९ वर्षीय बाबु राम पौडेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ३० ग्राम सहित चौबिसे गाउँपालिका-४ बस्ने २१ वर्षीय बिजय याख्खा राईलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले पाँचथर मौवाबाट दमकतर्फ जाँदै गरेको को.१ ख ३८२९ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ५० ग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय कसुर लिम्बुलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले संखुवासभाबाट इटहरीतर्फ जाँदै गरेको को.१ ख ३८४१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय ४० मिलिग्राम सहित दैलेख नारायण नगरपालिका-२ बस्ने ३० वर्षीय योगेश सिजापतिलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ०६९१ नम्बरको फोर्स गाडीमा सवार उनलाई उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ बंशगोपालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय निर्णय राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिक सडकबाट अवैध लागूऔषध गाँजा ३ ग्राम, नियन्त्रित लागूऔषध स्पास २७ ट्याब्लेट र नाईट्राभेट ११ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २४ वर्षीय सन्तोष विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
