काठमाडौँ । आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ । रोयल च्यालेन्जर्सले आफ्नो १८औं सिजनमा पहिलो पटक आइपिएलको उपाधि जितेको हो । रोयल च्यालेन्जर्सले पञ्जावलाई ६ रनले पराजित गर्दै उपाधि जितेको छ ।
रोयल च्यालेन्जर्सले दिएको १९१ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो । पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ६१ रन बनाए भने जोश इंगलिसले ३९, प्रभसिमरन सिंहले २६ प्रियंस आर्याले २४ रन बनाएका थिए ।
त्यस्तै रोयल च्यालेन्जर्सका बलरभुवनेश्वर कुमार र क्रुनाल पाण्डेयले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको थियो । रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ४३ रन बनाए भने कप्तान रजत पाटीदारले २६, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाएका थिए ।
त्यस्तै अर्शदीप सिंह र काइल जामिएसनले ३-३ विकेट लिएका थिए भने अज्मतुल्लाह ओमरजाई, विजयकुमार व्याशक र युजवेन्द्र चहलले एक एक विकेट लिएका छन् ।
रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेलेको थियो । यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेलेको थियो । यस अघि पञ्जाव २०१४ बमा उपविजेता बनेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
