काठमाडौँ । पाकिस्तानको कराँचीस्थित मालिर जेलका २१३ कैदी भागेका छन् ।जियो न्यूजका अनुसार ८० कैदीलाई पुन पक्राउ गरिएको छ भने बाँकी कैदीको खोजी कार्य भैरहेको छ ।
घटनाको क्रममा भएको गोलीबारीमा एक कैदीको मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी घाइते भएका छन् ।कराँचीमा गए राति धेरै भूकम्पका झट्का महसुस गरिएको अवस्थामा यो घटना भएको बताइएको छ ।
भूकम्पको झट्काले कैदीहरूमा त्रास फैलिएपछि उनीहरु जेल तोडेर भागेको मिडिया रिपोर्टमा उल्लेख छ ।जेलको सुरक्षा प्रशासनले एक हजारदेखि १५ सय कैदी ढोकामा आएपछि सम्हाल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
