काठमाडौँ । भारतमा भएको पाँच विधानसभा क्षेत्रमा भएको उपचुनावमा आम आदमी पार्टीले दुई सिट जितेको छ ।
गुजरातको दुई सिट र केरला, पञ्जाब र पश्चिम बंगाल विधानसभाको एक-एक सिटमा भएको उपचुनावको नतिजा आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उपचुनावमा पाँच सिटमध्ये आम आदमी पार्टीले दुई सिट जितेको छ भने कांग्रेस, भारतीय जनता पार्टी र तृणमूल कांग्रेसले एक-एक सिट जितेका छन् ।
आम आदमी पार्टीले गुजरातको विसावदर सिटमा भारतीय जनता पार्टीलाई पराजित गरेको छ भने पंजाबको लुधियाना पश्चिम सिटमा कांग्रेसलाई पराजित गरेको छ ।
अर्कोतर्फ, गुजरातको काडी सिटमा भाजपाका उम्मेदवार विजयी भएका छन् भने केरला विधानसभा सिट निलाम्बुरबाट कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
त्यस्तौ पश्चिम बंगालको कालीगंज सिटमा, तृणमूल कांग्रेसकी उम्मेदवार विजयी भएकी छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
