पोखरा । पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भए संगै तयारी पुरा भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो । १२ गतेदेखी हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ ।
यस्तै विभागीय कलब शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल आर्मी क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिएका छन् ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए ।
नेपालमा ह्याण्डबल खेलको विकासको गति ठप्प रहेकै बेला चार वर्षको अन्तरालमा यो प्रतियोगिता हुन लागेको हो । राखेपको गलत निर्णयका कारण चार वर्ष देखि निर्वाचन हुन सकेको छैन ।
१२ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा रंगशालास्थित पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा हुनेछ । सो प्रतियोगिताको प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको छ भने सह–प्रायोजकमा बुल्समेन क्लब रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
