काठमाडौँ । कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँगको फोन कलको अडियो लिक भएपछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई निलम्बन गरिएको छ ।
संवैधानिक अदालतले प्रधानमन्त्री शिनावात्रामाथि गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाउदै निलम्बनको आदेश दिएको बैंकक पोष्टले उल्लेख गरेको छ ।
अर्कोतर्फ, थाइल्याण्डका राजाले मंगलबार सरकारमा नयाँ मन्त्रिपरिषद् सदस्यहरूको नियुक्तिलाई स्वीकृति दिएका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँग गरेको कुराकानीको अडियो लिक भएपची विवाद शुरु भएको थियो । यसपछि थाइल्याण्डमा हंगामा मच्चियो र प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन सुरु भयो । अडियो लिक भएपछि थाइल्याण्डमा संवैधानिक अदालतले लिक भएको कल प्रकरणमा प्रधानमन्त्री शिनावात्रालाई गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाइएको निवेदनमाथि विचार गर्ने अनुमान गरिएको थियो ।
संबैधानिक अदालतको आदेशपछि शिनावात्राले यो प्रक्रिया स्वीकार गर्ने र पालना गर्ने बताएकी छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
