काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्मले भारतमा रोयटर्स, टीआरटी र ग्लोबल टाइम्स जस्ता अन्तर्राष्ट्रिय मिडिया संस्थाहरूको एक्स खाताहरू ब्लक गर्ने विषयमा प्रतिक्रिया दिएको छ ।
एक्सले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलमा जुलाई ३, २०२५ मा भारत सरकारले आईटी ऐनको धारा ६९ए अन्तर्गत भारतमा २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको उल्लेख गरेको छ ।
एक्सले भनेको छ- ‘यी खाताहरूमा रोयटर्स र रोयटर्स वर्ल्डका खाताहरू समावेश थिए । यसको पालना नगर्दा आपराधिक दायित्वको जोखिम हुन्छ । इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले कुनै कारण नदिई एक घण्टा भित्र तत्काल कारबाहीको माग गरेको थियो र अर्को सूचना नभएसम्म खाताहरू ब्लक राख्न भनिएको थियो । जनताको आक्रोश पछि, सरकारले रोयटर्स र रोयटर्स वर्ल्डका खाताहरू अनब्लक गर्न भन्यो ।’
एक्सले अगाडी भनेको छ- ‘हामी यी ब्लक गर्ने आदेशहरूको कारण भारतमा भइरहेको प्रेस सेन्सरशिपको बारेमा धेरै चिन्तित छौं । एक्सले सबै उपलब्ध कानुनी विकल्पहरू विचार गरिरहेको छ । भारतीय कानूनले एक्सलाई यी कार्यकारी आदेशहरू विरुद्ध कानुनी चुनौती दिन निषेध गर्दछ । हामी प्रभावित प्रयोगकर्ताहरूलाई अदालत मार्फत कानुनी उपचार खोज्न अपील गर्दछौं ।’
गत हप्ता, रोयटर्सको खाता ब्लक ब्लक भएपछि भारत सरकारले रोयटर्सको खाता ब्लक गर्न कुनै कानुनी माग नगरेको दाबि गरेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




