धादिङ, २८ असार । जग्गा किर्तेमा संग्लग्न नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् ।
धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो ।
वडा अध्यक्ष सुवेदी सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारिदिएका थिए । वडा अध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुले पछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडा अध्यक्ष सुबेदी माथी मुद्दा दर्ता भएको थियो ।
प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई काठमाडौंमा पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ लगिएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भई वडा अध्यक्षको रूपमा कार्यरत थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




