काठमाडौं । इन्टर मियामीले न्याशभिलमाथि जित हासिल गरेको छ ।
अमेरिकन मेजर लिग सकर अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्याशभिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीका लागि दुवै गोल लियोनेल मेसीले गरेका थिए । मेसीले खेलको १७ र ६२औं मिनेटमा गोल गरेका थिए । त्यस्तै न्याशभिलका लागि एक गोल हानी मुख्तरले गरेका थिए ।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १९ खेलमा ३८ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यसैगरी न्याशभिलको २२ खेलमा ४२ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




